इटहरी : कोसी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरहरूले इटहरी उपमहानगरपालिकाको गेटमा लगाएको ताला प्रहरीले तोडेको छ ।
पुनः प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै बुधबार (आज) इटहरी उपमहानगरको गेटमा संघर्ष समितिले तालाबन्दी गरेको थियो । गेटमा लगाएको ताला प्रहरीसहित नगर प्रहरीहरूले तोडेका छन् ।
प्रहरीले ताला तोडेर थुनिएका सेवाग्राहीहरूलाई बाहिर निकालेको थियो । भित्रै थुनिएका प्रहरीले पर्खाल नाघेर बाहिर निस्किएर ताला तोडेका थिए ।
यो पनि – संघर्ष समितिद्वारा इटहरी उपमहानगरमा तालाबन्दी
यो पनि – कोसी नामकरणविरुद्व आन्दोलनमा उत्रिएका इटहरीका चारसहित १९ जना घाइते
यो पनि – कोसी प्रदेश : पहिचान पक्षधरले दमक र पाँचथरमा गरे तालाबन्दी
यो पनि –उर्लाबारीमा कार्यालय खोलेको भन्दै पहिचान पक्षधरबाट वडाध्यक्ष कुटिए














Discussion about this post