मोरङ : मोरङको बूढीगंगा गाउँपालिका २ टङ्कीसिनवारीमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालले विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको छ ।
एक अर्ब लगानीमा अस्पताल परिसरभित्रै क्यान्सर रोगको उपचारको लागि विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो ।
विराट मेडिकल कलेज शिक्षण अस्पतालभित्रै क्यान्सरको सम्पूर्ण उपचार गर्ने उद्देश्यले एक सय शय्याको इन्स्टिच्युट सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए ।
रेवन्त रूपमयी फाउन्डेसनबाट सञ्चालित विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सरको सम्पूर्ण उपचार सस्तोमा भरपर्दो गुणस्तरीय उपचार सेवा दिने उनले बताए ।
‘कम खर्चमा क्यान्सरको सम्पूर्ण उपचार यहाँ हुनेछ,’ उनले भने, ‘अहिले एक सय शय्याको रहेको छ । यसलाई आवश्यकता अनुसार थप विस्तार गर्दै अगाडी बढाउनेछौँ ।’














Discussion about this post