मोरङ : मोरङको रंगेली नगरपालिका २ खोरिया टोलको लिच्ची बगानमा प्रेमी–प्रेमिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
इश्वरी कृषी फर्मको लिच्ची बगानम झुण्डिएको अवस्थामा शुक्रबार (आज) दिउँसो शव फेला परेको हो ।
रंगेली नगरपालिका २ खोरियाटोल घरका भएका १८ वर्षीया सन्जय उराउ र बेलबारी नगरपालिका २ थापा टोलकी १७ वर्षीया ललिता उराउ लिचीको बोटमा झुण्डिएको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
मृतक ललिता र सन्जय प्रेमी– प्रेमिका हुन् । ललिता एक महिना अगाडिदेखि सञ्जयको घरमा बस्दै आएकी थिइन् ।
लिचीको बोटमा झुण्डिएको अवस्थामा शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post