मोरङ : मोरङको रंगेली ३ आमतोलामा ट्याक्टर दुर्घटनामा हुँदा दुईजनाको मृत्यु भएको छ।
तेतरिया आमतोला भित्री सडकखण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भए दुर्घटना भएको थियो।
दुर्घटनामा १५ जना घाइते भएका छन्।
मोरङ प्रहरीका अनुसार दुर्घटनामा परी मोरङको ग्रामथान गाउँपालिका ५ की ६० वर्षीया बैशाखी चौधरी र सोही ठाउँकी २५ वर्षीया रीता कुमारी माझीको मृत्यु भएको छ।
बैशाखी कुमारीको घटनास्थलमै र रीताको विराटनगरस्थित गोल्डेन अस्पताल आज दिउँसो ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै ट्याक्टर चालक ग्रामथान ५ का अन्दाजी ३१ वर्षीय बालक माझी फरार बनेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post