इटहरी : इटहरीमा नक्कली नोट भेटिएको छ । इटहरीको एक पुस्तक पसलमा नक्कली नोट भेटिएको हो ।
इटहरी ४ स्थित आइतबारेमा रहेको विवेक पुस्तक पसलमा नेपाली ५ सय रुपैयाँको नक्कली नोट फेला परेको पुस्तक पसल सञ्चालक कुमार गिरीले जानकारी दिए ।
शुक्रबार पसलमा भीडभाड अत्यधिक बढेको र कसले नक्कली नोट दियो भन्ने यकिन नभएको उनको भनाइ छ ।
उनले ग्राहकलाई फिर्ता दिएपछि ग्राहकले सब्जी किन्न जाँदा नक्कली भनेर फर्काइदिएपछि ध्यान दिएर हेर्दा, केही छोटो, रिवन लाइन पनि टाँसेको इम्बस चित्र समेत नदेखिएको बताए ।
उनले नक्कली नोट फेला पारेसँगै इलाका प्रहरी कार्यालय इटहरीलाई जानकारी गराएको र कार्यालयबाट पसलमा अरु पनि त्यस्ता नोटहरू भए नभएको यकिन गर्न भनेपनि अन्य नोट भने हालसम्म नभेटिएको उनको भनाइ छ ।
केही दिनअघि इटहरी २० मा ५ सय रुपैयाँकै नक्कली नोट भटिएको थियो ।












Discussion about this post