Saturday, June 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङमा ५ सय ४२ केजी गाँजा बरामद

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १३, २०८०
in समाचार
0
मोरङमा ५ सय ४२ केजी गाँजा बरामद
73
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङमा लागूऔषध गाँजा बरामद गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मोरङबाट खटिएको टोलीले गाँजा बरामद गरेको हो । बुधबार एकैदिन ५ सय ४२ किलोग्राम गाँजा बरामद भएको हो ।

नेपाल प्रहरीले जहदा गाउँपालिकाबाट ४ सय २२ र सशस्त्र प्रहरीले विराटनगर महानगरपालिकाबाट १ सय २० किलोग्राम गाँजा बरामद गरेका हुन् ।

जहदा–२ बेरियारी टोलस्थित मोहमद मजेबुल मियाँको मकैबारीबाट ४ सय २२ किलो गाँजा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार प्रहरी निरीक्षक प्रकाश रेग्मीको नेतृत्वमा खटिएको इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले गाँजा बरामद गरेको हो ।

मकैबारीमा लुकाएर राखेको अवस्थामा १४ वटा बोरामा प्याक गरेको गाँजा दिउँसो १२ः१५ बजेतिर फेला परेको दाहालको भनाइ छ ।

यस्तै, सशस्त्र प्रहरीले विराटनगर १ बाट १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ । बीआर ११ भी ७६४५ नम्बरको स्कोरपिओमा राखेर भारततिर लैजाँदै गरेको अवस्थामा बिहानका राति २ः२० बजेतिर गाँजा बरामद गरिएको हो ।

भारतीय स्कोरपिओमा राखेर गाँजा भारत लैजाने काम भइरहेको सूचना कोसी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी अन्जनीकुमार पोखरेललाई पुगेको थियो । त्यसलगत्तै डीआईजी पोखरेलले स्कोरपिओलाई नियन्त्रणमा लिन टोली खटाए ।

सशस्त्र प्रहरी निरीक्षक भूपेन्द्रकाजी निरौला नेतृत्वको टोलीले इटहरीबाट विराटनगरतर्फ आइरहेको स्कोरपिओलाई मोरङको बूढीगंगा–१ मा रोक्न खोजेको थियो ।

तर, सशस्त्रको ‘चेक प्वाइन्ट’ छलेर भाग्यो । पिछा गर्दै आएको टोलीले स्कोरपिओलाई विराटनगर १ स्थितबाट नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा फेला परेको हो । सशस्त्रलाई देख्नासाथ गाडी छाडेर चालक फरार बनेका छन् । उनको खोजी भइरहेको छ ।

‘गाँजाका सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले भने, ‘सशस्त्रसँग समन्वय गर्दै फरार रहेका स्कोरपिओ चालकको खोजी तीव्र पारिएको छ ।’

Tags: #मोरङबरामद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म
FEATURE BREAKING

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८३
0

झापा : झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा प्रहरीले नयाँ तथ्य सार्वजनिक गरेको छ। घटनाको...

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा
पर्यावरण

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८३
0

विराटनगर : विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउने दुई संस्थालाई...

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३
इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

जेष्ठ २२, २०८३
वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

जेष्ठ २२, २०८३
श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३
इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1502 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    611 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.