सुन्दरहरैंचा : नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय अन्तर क्याम्पस नकआउट फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल युनिभर्सिटि स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नेलोजी (पुसेट)ले हात पारेको छ ।
आज (सोमबार) पूर्वाञ्चल विश्वविद्यालयको खेल मैदान गोठगाउँमा भएको फाइनल खेलमा पूर्वाञ्चल युनिभर्सिटि स्कूल अफ हेल्थ साइन्स (पुसेफ) लाई १–० गोल अन्तरले पराजित गर्दै पुसेटले उपाधि हात पारेको हो ।
राम्रो लयमा रहेको पुसेट पहिलो हाप अगाडि नै विजयी भयो ।
पहिलो हाफको अन्तिममा पुसेफका खेलाडिहरू खेल बहिष्कार गर्दै मैदानबाट निस्किएका थिए । सामान्य कुरामै अफिसियलले खेल बहिष्कार गरेपछि रेफ्री राजीब चौधरीले पहिलो हाफ लगत्तै पुसेटले जितेको घोषणा गरे ।
रेफ्री चौधरी भन्छन्, ‘कुनै असहमति भए औपचारिता अनुसार हुन्छ, आयोजकलाई लिखित जानकारी हुन्छ, त्यसपछि हामीले अन्तिम निर्णय लिने हो । नियमबाहिर गएर खेलमा कुनै निर्णय हुन सक्दैन, पटकपटकको आग्रह नमानेपछि जित पुसेटको भएको हो ।’
मैदानमा पुसेटका खेलाडी र पुसेफका खेलाडीबीचको आपसी कुरा असामान्य बनेको थियो ।
विजेता बनेको पुसेटले नगद २२ हजार २ सय २२ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको पुसेफले भने नगद ११ हजार १ सय ११ सहित ट्रफी मेडल र प्रमाणपत्र अस्वीकार गर्यो ।
नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ इन्भाइरोमेन्ट फरेस्टी इकाई समितिका सभापति अमिर कार्कीले प्रतियोगितामा पूर्वाञ्चल विश्वविद्यालय अन्तरगत क्याम्पसका ८ टिमको सहभागीता रहेको जानकारी दिए ।














Discussion about this post