सुनसरी : सशस्त्र प्रहरीले १५ लाख मूल्य बराबरको मोबाइल बरामद गरेको छ ।
सुनसरीको कोसी गाउँपालिका ८ स्थित पूर्व–पश्चिम राजमार्गमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर सुनसरीबाट खटिएको टोलीले काठमाडौंबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–०२४ च ६३६१ नम्बरको टाटा गाडी चेकजाँच गर्ने क्रममा बिल बिजकमा उल्लेखित रकमभन्दा फरक विवरण भेटिएपछि १५ लाख ५७ हजार ९३० रुपैयाँ बराबरको मोबाइल सेट नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले सवारी र सवारी चालक चालक काभ्रे धुलिखेलका किरण बाग्ले र सह–चालक सोही स्थानका सुमन परियारलाई पनि नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका सामान र दुवैजनालाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।












Discussion about this post