उदयपुर : उदयपुरमा बसबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
मंगलबार (आज) बिहान कटारी नगरपालिका २ खोक्सास्थित सडकमा ग २ ख। १०१ नम्बरको बसबाट लडेर सोही नगरपालिका ५ का ३८ वर्षीय सुमन भुजेलको मृत्यु भएको हो ।
बसबाट लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post