इटहरी : इटहरीमा तीन पाङ्ग्रे सवारीसाधन अब स्थानीय पालिकामै दर्ता र नवीकरण हुने भएको छ ।
आगामी जेठ १ गतेबाट इटहरी उपमहानगरपालिकाभित्र सञ्चालन हुने तीन पाङ्ग्रे सवारी साधन उपमहानगरमै दर्ता गर्नुपर्ने भएको हो ।
इटहरी उपमहानगरपालिकाले एक सूचना प्रकाशित गर्दै तीन पाङ्ग्रे सवारीलाई दर्ता तथा नवीकरण गर्न आह्वान गरेको छ ।
प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ र प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०७७ को नियम ४ मा तीन पाङ्ग्रे (इ रिक्सा) सम्बन्धी सम्पूर्ण कार्यहरू स्थानीय तहबाटै सञ्चालन गर्ने व्यवस्था बमोजिम इटहरी उपमहानगरपालिकाले तीन पाङ्ग्रे (इ रिक्सा) को दर्ता, नवीकरण र नामसारी गर्ने बताएको छ ।















Discussion about this post