विराटनगर : विराटनगरमा मट्टितेल खन्याएर आफ्नै शरीरमा आगो लगाएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार पारिवारिक विवादपछि शरीरमा आगो लगाएकी विराटनगर महानगरपालिका १० तीनटोलियाकी ४० वर्षीया आशा शर्मा (कोइरी)को बिहीबार साँझ कोसी अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले आफ्नै शरीरमा आगो लगाएको खुलेको छ ।
पति राजकुमार कोइरीसँग भएको सामान्य विवादपछि कुपीबाट मट्टितेल खन्याएर गत बुधबार राति ९ बजेतिर आफ्नो शरीरमा आगो लगाएकी उनको शरीरका अधिकांश भाग जलेको थियो ।
प्रहरीले राजकुमारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



















Discussion about this post