मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका ७ गोठगाउँस्थित बस र म्याजिक भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख ३२५२ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५२ प ३५१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो भने को १ ज ३५०५ नम्बरको म्याजिकले पुनः उक्त मोटरसाइकल चालकलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङको लेटाङ गाउँपालिका ५ बस्ने ३२ वर्षीय विजय मगरको उपचारको क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र बस चालक विराटनगर महानगरपालिका ४ बस्ने ४३ वर्षीय दीपक बुर्जामगर र म्याजिक भ्यानसहित म्याजिक चालक मोरङको सुन्दरहरैँचा नगरपालिका ६ बस्ने २८ वर्षीय गोपाल भुजेललाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












Discussion about this post