विराटनगर : विराटनगर–५, मुनालपथमा रहेको विद्या भूमि स्कुलमा विद्यार्थीहरुले आफ्नो नेता छान्न मतदान गरेका छन् ।
विद्यालयको ‘हेड गर्ल’ र ‘हेड ब्वाई’ छान्नका लागि मतदान गरिएको हो । कक्षा २ देखि १० सम्मका दुई सयबढी छात्र छात्रा मतदानमा सहभागी भए ।
विद्यार्थीलाई मतदानबारे जानकारी दिन र नेता छान्ने प्रक्रिया बुझाउनका लागि मतदान गरिएको विद्यालयका प्रिन्सिपल पराग ढुंगानाले बताए ।
विद्यालयमा मतदान गरेर नेता चयन गर्दा विद्यार्थीले निर्वाचन र मतदान कसरी गर्ने भन्नेबारे व्यवहारिक ज्ञान पाउने उनले बताए ।
विद्या भूमि स्कुलले सैद्वान्तिक ज्ञानसगै व्यवहारिक र जीवनोपयोगी सीप सिकाउँदै आएको प्रिन्सिपल ढुंगानको भनाइ छ ।














Discussion about this post