धरान : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)को ‘खास पत्रकार हुँ’ भन्दै रकम असुली धन्दा गरेको आरोपमा धरान १३ का स्थानीयले एक जनालाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् ।
सूचना तथा प्रसारण विभागको परिचयपत्र समेत बोकेका तीर्थबहादुर गुरुङलाई स्थानीयले प्रहरीको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले पुष्टि गरे।
इलाका प्रहरी कार्यालयका अनुसार व्यक्तिगत चरित्रमा आँच पुग्ने गरी भिडियो खिच्ने तथा गलत सूचना सम्प्रेषण गर्ने गरेको भन्दै स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।
पक्राउ परेका व्यक्ति आफूलाई धरान नगरप्रमुख हर्कराज राईको ‘खास पत्रकार हुँ’ भन्दै व्यक्तिको चरित्र हत्या गर्ने गरी भिडियो सम्प्रेषण गर्ने तथा रकम असुली धन्दा गरेको स्थानीयको आरोप छ ।














Discussion about this post