इटहरी : सुनसरीमा दिनदहाडै भारतीय सीमा सुरक्षा बल एसएसबी हतियारसहित प्रवेश गरेको छ ।
आइतबार अन्दाजी साढे १२ बजेको समयमा भारतीय सीमा सुरक्षा बल एसएसबीले लागूऔषध बोकेर नेपालतर्फ आउँदै गरेको भन्दै एक व्यक्तिलाई पक्राउ गर्न सीमा नाका भन्दा अन्दाजी ५ किलोमिटर भित्र प्रवेश गरेको कोसी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष साह जमालले जानकारी दिए ।
भारतीय नम्बर प्लेटको चार पाङ्ग्रे गाडीमा तीनजना एसएसबी हतियारसहित नेपाली भूमिमा प्रवेश गरेर नेपालीलाई डर त्रास देखाउने काम गरेको उनको भनाइ छ ।
लागूऔषध बोकेको व्यक्ति पक्राउ नभएपनि एसएसबी फर्किने क्रममा कोसी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष साह जमालको नेतृत्वमा सर्वसाधारणले नेपाली भूमिमा प्रवेश गरेका एसएसबीलाई रोकेका थिए ।













Discussion about this post