विराटनगर : विराटनगर महानगरपालिका ११ पाञ्चाली मोड स्थितबाट स्रोत नखुलेको रकमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर १५ का ४३ वर्षीय अनिल यादव रहेका छन् ।
आइतबार अपरान्ह कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले बीआर ३३ जेठ ९७९६ नम्बरको मोटरसाइकलमा सवार रहेका यादवलाई संका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ४ लाख ६२ हजार ५ सय बरामद गरेको हो ।
स्रोत नखुलेको रकमसहित पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post