इटहरी : कोसी प्रदेशमा सरकार परिवर्तनको कसरत गरिरहेको नेपाली कांग्रेसले केन्द्रीय सत्ता गठबन्धन अनुसार प्रदेशमा सरकार गठन हुनुपर्ने बताएको छ ।
बिहीबार बसेको कांग्रेसको बैठकले कोसी प्रदेशमा एमालेको नेतृत्वमा सरकारमा सहभागी रहेका नेकपा माओवादी र जनता समाजवादी पार्टी (जसपा) लाई सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिन आग्रह गरेको हो ।
कोसी प्रदेशसभामा ९३ सदस्य छन् । तर, कुनै दलसँग एकल बहुमत छैन ।
प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, सभामुखसहित माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।
केन्द्रमा यी दलहरुमध्ये एमाले र राप्रपा सरकार बाहिर छन् भने कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा एउटै सरकारमा छन् । तर, कोसीमा भने पुरानै गठबन्धनको सरकार छ ।



















Discussion about this post