मोरङ : मोरङमा अवैध धानको बीउ तस्करी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मोरङको सुनवर्षी नगरपालिका वडा नं. ९ साहु टोलमा अवैध नक्कली धानको बीउ बनाईरहेको थाहा पाएर पुगेको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो ।
स्थानीय रबिन कुमार साहको घरमा नक्कली धानको बीउ बनाएर भारतीय पान सिड्स प्रा.लि.कोलकता कम्पनी लेखिएको बोरामा उल्लेखित कम्पनीको नाम भएको स्टिकर टाँसी बिक्री वितरण गर्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोलीले ३४ बोरा धान बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीले धानको बीउ ३४ बोरा (१ हजार ११० किलो), झोलामा प्याकङ्ग गरेको तयारी धानको बीउ ५ झोला (३० केजी), स्टिकर १७५ पिस, बोरा सिलाउने मेसिन १ थान, प्यारासुट सिलाई धागो ४ थान बरामद गरेको छ ।
त्यस्तै, मल ५ केजी, खाली जुटको सोही कम्पनी उल्लेखित बोरा १२३ थान, थाल १ थान, बाल्टिन १ थान समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीले सुनबर्षी नगरपालिका वडा नम्बर ९ डाईनियाका विजय कुमार साहले सञ्चालन गर्दै आएको मुकेश खाद बीज भण्डारबाट सोही कम्पनी उल्लेखित बोरामा प्याकिङ गरी राखेको धानको बीउ २४ बोरा (६०० केजी) बरामद गरेको छ ।
प्रहरीले स्थानीय २१ वर्षीय निशा कुमारी सिंहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।













Discussion about this post