मोरङ : मोरङमा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको विराटनगर १६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एक सय एमएलको डाईलेक्स डि. सी ११ बोतलसहित सुन्दरहरैँचा नगरपालिका ७ बस्ने ३५ वर्षीय आशिष ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post