विराटनगर : नेपाली कांग्रेस कोसी प्रदेशसभा संसदीय दलका नेता उद्वव थापाले सुररक्षा घेराभित्र बसेर प्रदेश सभाको बैठक सञ्चालन गर्न नैतिकताले नदिने बताएका छन् ।
आइतबार प्रदेशसभाको बैठकमा बोल्दै राईले प्रदेशसभाको बैठक कहिले सम्म सुरक्षा घेरामा चलाउने भन्दै प्रदेश सरकारलाई प्रश्न गरेका छन् ।
वार्तामार्फत समस्या समाधान गर्न उनले प्रदेश सरकारसँग माग गरेका छन् ।
आन्दोलनलाई कमजोर ठान्न नहुने बताउँदै उनले सरकारले वार्तामार्फत समस्या समाधान गर्न चाहेको भए अहिलेको अवस्था नआउने पनि बताए ।
‘वार्ता गर्न के आपत्ति छ ? वार्ता गर्दैमा कोसी प्रदेश खारेज गर्नु पर्छ भन्ने छैन, थापाले भने, आन्दोलनरत पक्षलाई हामीले सम्झाई बुझाई गरेर आन्दोलनलाई शान्त पार्न त सकिन्छ ।’
आन्दोलनलाई वार्ताबाट सम्बोधन गरेको उदाहरण प्रस्तुत गर्न पनि नेता थापाले मुख्यमन्त्री हिक्मत कार्कीलाई आग्रह गरे ।












Discussion about this post