विराटनगर : माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले वार्ताका लागि चासो नदेखाएको आरोप लगाएका छन् ।
आइतबार प्रदेशसभा बैठकमा बोल्दै आङबोले संघीय सरकारलाई देखाएर प्रदेश सरकार उम्कन नमिल्ने बताए । नामकरणमा भइरहेको आन्दोलन वार्ताको माध्यमबाट निराकरण गरिनुपर्ने उनको भनाइ छ ।
‘अहिले ढुंगा हान्ने साथीहरू हुन् वा ढुंगा छेकिरहेका सुरक्षाकर्मी साथीहरू हुन् सबैको अभिभावक सरकार हो,’ उनले भने, ‘यो संघीय सरकारतिर फर्काएर धर पाउदैनौं, हामीले सिर्जना गरेको समस्या हो । यसको समाधान हामीले नै दिनुपर्छ ।’
उनले पहिचानको नाममा भइरहेको आन्दोलनले ठूलो अशान्ति निम्तिने भन्दै सबै दल र पार्टी जिम्मेवार हुनुपर्ने बताए ।
उनले आन्दोलनकारीलाई शान्ति खलबलाउने भन्दा पनि शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न आव्हान गरे ।














Discussion about this post