मोरङ : मोरङको पथरीशनिश्चरेमा मंगलबार दिउँसो बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका २ जयचोकमा पूर्वतर्फ जाँदै गरेको यात्रुबहाक बसले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले प्रदेश १–०१–००१ ख ३५४९ नम्बरको बसको ठक्करबाट साइकलयात्री पथरीशनिश्चरे २ का ५० वर्षीय यज्ञ थापाको मृत्यु भएको जानकारी दिए ।
बस चालक झापाको बिर्तामोड नगरपालिका २ का ४६ वर्षीय प्रकाश पाठकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।












Discussion about this post