इलाम : आफ्नै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलामको माई नगरपालिका २ चेप्टी बस्ने ३२ वर्षीय दीपक कुमाल रहेका छन्।
दीपकले जेष्ठ ८ गते अंश बण्डाको विषयमा विवाद भई कुटपिट गर्दा ७० वर्षीय बुबा लोकबहादुर कुमाल गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते भएका कुमालको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार (आज) बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दीपकलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post