विराटनगर : विराटनगर महानगरपालिका १५ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री धरान उपमहानगरपालिका ८ का ३४ वर्षीय विकास लिम्बू र धर्मदेबी नगरपालिका ३ संखुवासभाका ३१ वर्षीय युवराज गुरुङलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई शंका लागि चेकजाँच गर्दा २ ग्राम ७० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post