इटहरी : इटहरीमा भात अड्किएर एक पुरुषको मृत्यु भएको छ ।
इटहरी १९ अमाहा घर भएका एक पुरुषको भात अड्किएर मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ४२ वर्षीय राजु चौधरी रहेका छन् ।
उनको गएराति १० बजेतिर खाने क्रममा भात अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार भात अड्किएपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी तरहरास्थित चौधरी ग्रिल उद्योगका सञ्चालक रहेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post