विराटनगर : झापा र मोरङको छुट्टा–छुट्टै स्थानबाट भन्सार छलीका अवैध सामानहरू प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ स्थितबाट भारततर्फ अवैध रूपमा लैजादैँ गरेको करिब दुई लाख ४४ हजार बराबरको विन स्वीटर १ सय ७० पिस र ट्राउजर ४० पिस प्रहरीले बरामद गरेको हो ।
यस्तै, विराटनगर महानगरपालिका १२ स्थित वडा प्रहरी कार्यालत विराटनगरबाट खटिएको प्रहरी टोलीले पावरब्याङ्क ६५ थान, इयरफोन ३ हजार १ सय ५० थान र डाटा केवल ३ सय थान समेत गरी कारिव ८ लाख २० हजार बराबरको सामान बरामद गरेको हो ।
बरामद भएका सामानहरू सम्बन्धित भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post