विराटनगर : विराटनगर घर भएकी २२ वर्षीया युवतीलाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा उच्च अदालत जनकपुरस्थित वीरगन्जका शाखा अधिकृत पक्राउ गरेका छन् ।
विराटनगर १ पोखरीया घर भएका ४८ वर्षीया नारायण प्याकुरेललाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका प्याकुरेलले मदिरा सेवन गरेर विराटनगरका एक जना २२ वर्षीया किशोरीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ । उनले ती किशोरीलाई रातिको समयमा घरमा पुगेर एक हप्ता अगाडि बलात्कारको प्रयास गरेको आरोप लागेको हो ।
प्रहरीले प्याकुरेललाई पक्राउ गरी जवरजस्ती करणी उद्योगमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
जवरजस्ती करणी उद्योगमा पक्राउ परेका प्याकुरेल विवादित व्यक्ति हुन् ।














Discussion about this post