Thursday, July 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोत केन्द्र हस्तान्तरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १, २०८०
in समाचार
0
धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोत केन्द्र हस्तान्तरण
72
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोेत केन्द्र तथा सूचना कक्ष हस्तान्तरण गरिएको छ ।

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले कार्यक्रम गरेर धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र चौबिसे गाउँपालिकालाई आप्रवासी सूचना कक्ष हस्तान्तरण गरेको हो ।

सुरक्षित वैदेशिक रोजगार र स्थानीय तहमा प्रभावकारी तथा दिगो आप्रवासन सेवाका लागि समृद्धि आयोजनाले केही बर्षयता जिल्ला प्रशासन कार्यालय धनकुटा र इलाका प्रशासन कार्यालय राजारानीमा यो केन्द्र तथा सूचना कक्ष सञ्चालन गरिरहेको छ ।

सम्बन्धित पालिकासँगको साझेदारीमा सञ्चालन भइरहेको यो केन्द्र तथा सूचना कक्ष अब समृद्धिले छोडेर पालिकाकै पूर्ण स्वामित्वमा सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा समृद्धि आयोजनाका प्रमुख सरोज प्रसाद गुरागाईँले धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र चौबिसे गाउँपालिकाका उपाध्यक्ष टंकमाया पाङ्गमी मगरलाई आप्रवासी स्रोत केन्द्र तथा सूचना कक्ष हस्तान्तरण पत्र र हस्तान्तरण विवरण पुस्तिका प्रदान गरे ।

कार्यक्रममा केन्द्र तथा सूचना कक्षका लागि आवश्यक प्रोजेक्टरसहितका सामग्री पनि धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी र चौबिसे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाललाई हस्तान्तरण गरियो ।

उत्कृष्ट कार्यसम्पादन गरेबापत आप्रवासी स्रोत केन्द्र धनकुटाका सूचना अधिकृत मञ्जु राई, परामर्शकर्ता ओमकुमारी ढुंगाना ‘सुशिला’ र आप्रवासी सूचना कक्ष राजारानीका सूचना सहायक सुरेन्द्र लिम्बुलाई कार्यक्रममा प्रशंसा पत्र प्रदान गरी सम्मानित गरिएको छ ।

कार्यक्रममा धनकुटाका नगर प्रमुख तामाङले वैदेशिक रोजगारीका लागि ठूलो सङ्ख्यामा युवाहरू विदेश जाने गरेकाले उनीहरूलाई समस्यारहित रोजगारीको वातावरण निर्माण गर्न आप्रवासी स्रोत केन्द्रले भूमिका निर्वाह गर्ने बताए ।

युवायुवतीलाई भरसक स्वदेशमै रोजगारीको व्यवस्था गर्ने तथा स्वरोजगार बन्न प्रोत्साहन गर्ने काम भइरहेको भन्दै नगर प्रमुख तामाङले विदेश नै जान चाहनेलाई पनि सहयोग पुर्याउन आप्रवासी केन्द्रलाई नगरपालिका मातहत ल्याइएको धारणा राखे ।

धनकुटामा २०७५ पुस २२ गतेदेखि यो केन्द्र सुरु गरिएको हो । यो केन्द्रबाट रोजगारीको खोजीमा रहेका युवाहरूलाई स्वदेशी रोजगारी तथा स्वरोजगारसम्बन्धी सूचना तथा जानकारी दिने र विदेश नै जान चाहनेलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिने गरिएको छ ।

त्यस्तै, विदेशमा समस्या परेमा उद्धार गर्ने र विदेशमा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्ति वा आफन्तलाई राहत प्रदान गर्न सहजिकरण गर्ने, वैदेशिक रोजगारीका क्रममा ठगिएकाहरुलाई क्षतिपूर्ति तथा न्याय प्रदान गर्न पनि सहजिकरण गर्ने गरिएको छ ।

Tags: #धनकुटाआप्रवासी स्रोेत केन्द्रहस्तान्तरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना
FEATURE BREAKING

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : प्रदेश सरकारहरूको सत्ता सहकार्यमा नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको देखिएको दरारको प्रत्यक्ष असर कोशी प्रदेश सरकारमा पनि पर्ने...

इलामको रिखुवा खोलामा ३० करोडको पुल
समाचार

इलामको रिखुवा खोलामा ३० करोडको पुल

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको धार्मिकस्थल लारुम्बा जोड्ने आत्मानन्द मार्गअन्तर्गत माई नगरपालिका–६ स्थित रिखुवा खोलामा निर्माण...

इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

असार ३२, २०८३

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

असार ३१, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

असार ३१, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

असार ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३
इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

असार ३२, २०८३

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

असार ३१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    461 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.