मोरङ : प्रहरीले खैरोहेरोइन ब्राउनसुगरसहित मोरङको कानेपोखरीबाट दुईजनालाई पक्राउ गरेको छ ।
लागूऔषध हेरोइनसहित कानेपोखरी ७ का ४२ वर्षीय चन्द्र कार्की र ४५ वर्षीय शुक्र लिम्बूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
कार्की र लिम्बू को २९ प २८७५ नम्बरको मोटरसाइकलमा सवार थिए ।
शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । साथबाट ७ ग्राम ३ सय मिलिग्राम खैरो हेरोइन बरामद भएको डीएसपी दाहालले बताए ।
पक्राउ पर्नेमध्ये कार्की मोटरसाइकल चालक हुन् । पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ ।
दुवै जनाविरुद्ध शुक्रबार अदालतबाट ५ दिनको म्याद थप गरिएको डीएसपी दाहालले जानकारी दिए ।












Discussion about this post