विराटनगर : विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा थप कडाइ गरेर लैजाने भएको छ ।
साउन १ गतेदेखिबाट विराटनगरको सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरणमा थप कडाइ गरेर लैजाने विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा निरला कार्कीले बताएकी छन् ।
वैशाख १ गते महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको आएको थियो ।
पछिल्लो समय कार्यन्वयन प्रभावकारी नदेखिएको बताउँदै उनले साउन १ गतेबाट कडाइको साथ सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको विक्री वितरण गर्न नदिने बताइन् ।












Discussion about this post