मोरङ : मोरङको उर्लाबारी नगरपालिका-१ झारसादी स्थितबाट प्रतिबन्धित लागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चारजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय दिपेश धिलाम, २० वर्षीय मेघराज माझी, २० वर्षीय धीरेन राई र उर्लाबारी ५ का २१ वर्षीय समीर बर्देवा रहेका छन् ।
उनीहरूलाई लागूऔषध बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेसँगै उनीहरूको साथबाट TRAMADOL- ३ सय ६६ क्याप्सुल, SPASPAIN- ३ सय ६६ क्याप्सुल र नगद १९ हजार ६ सय रुपैया बरामद गरेको हो ।
पक्राउ परेका चारैजनाको इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post