मोरङ : मोरङको पथरीशनिश्चरेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएको छ ।
आइतबार (आज) पूर्वतर्फ जाँदै गरेको ना ६ ख १३७२ नम्बरको ट्रकले पश्चिमतर्फ आउँदै गरेको को २ अ २२९३ नम्बरको अटोलाई बिहान ९ः३० बजेतिर पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका २ मा ठक्कर दिएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर अटोका चालक पथरीशनिश्चरे २ का अन्दाजी ५५ वर्षीय भीमशरण तामाङको मृत्यु भएको हो ।
ट्रकले अटोलाई ठक्कर दिएपछि गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक र चालक झापाको बिर्तामोड नगरपालिका ४ का ४६ वर्षीय नेत्रप्रसाद मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।












Discussion about this post