विराटनगर : नेपाली कांग्रेसले कोसी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका नेता उद्वव थापालाई अगाडि बढाउने निर्णय गरेको छ।
कोसी प्रदेश कार्यसमितिको आइतबार (आज) बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए।
नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकार ढलेसँगै कांग्रेसले थापालाई मुख्यमन्त्रीका रूपमा अगाडि बढाउने निर्णय गरेको उनले बताए ।
उपसभापति रायमाझीले बैठकको निर्णय सुनाउँदै भने, ‘यसका लागि केन्द्रीय नेतृत्वसँग पनि छलफल गर्नेछौँ। साथै सत्ता साझेदार दलहरुबीच निरन्तर संवाद भइरहेको छ।’
सभापति थापाको अध्यक्षतामा बसेको बैठकमा उपसभापति रायमाझी र टंक राई, महामन्त्रीहरु भूपेन्द्र राई र टंक थापा, सहमहामन्त्रीहरू विनोदकुमार बस्नेत, खड्ग फागो र प्रमिला गच्छदार साथै कोषाध्यक्ष राजेश गुप्ता सहभागी थिए।
कोसीमा नयाँ सरकार गठनका लागि गठबन्धन दलहरूबीच छलफल भइरहेको छ । ९३ सदस्यीय कोसी प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य आवश्यक पर्छ ।
कोसीमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुखबाहेक), राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एकजना प्रदेश सभा सदस्य छन् ।












Discussion about this post