भोजपुर : भोजपुरको साल्पासिलिछो गाउँपालिका ३ का १९ बर्षीय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ ।
भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई घर नजिकै रहेको मकैवारीमा बन्दुक पड्किएर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी टोली खटिई अनुसन्धान गरिरहेको छ ।
घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको तथा रक्ताम्मे अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।














Discussion about this post