इलाम : इलाममा जेठाजुद्धारा बुहारीको हत्या भएको छ । इलाम माई नगरपालिका–३ का ३९ वर्षीय सन्तोष खातीले आफ्नै बुहारीको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनले २३ वर्षीया अमृता खातीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सन्तोषले सोमबार राति बुहारीको दायाँ पाखुरा र गर्धनमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घाइते अमृताको उपचारको क्रममा आज झापाको बिएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
हतियार प्रहार गरी सन्तोष फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । के कारण हत्या भयो भन्ने बिषयमा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।













Discussion about this post