विराटनगर : कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले ३० दिनभित्र विश्वासको मत लिने बताएका हुन् ।
उनले सभामुखले वर्तमान सरकार गठनका क्रममा गरेको हस्ताक्षरको विषयमा आउने दिनमा संविधानको व्याख्यामार्फत प्रष्ट पार्ने संकेत गरे ।
‘यो गलत छ या ठिक छ भन्ने कुरा संविधानले नै यस विषयमा प्रष्ट पार्छ,’ थापाले भने, ‘तटस्थ सदस्यको नाताले उहाँले समर्थन गर्नुभएको हो । सभामुखलाई हामीले विवादमा पारेका छैनौँ । उहाँ सभामुख मात्रै होइन । प्रदेशसभाको सदस्य पनि हो । ९३ जनामै पर्नुहुन्छ ।’












Discussion about this post