इटहरी : इटहरी उपमहानगरपालिकाले विपत हटलाइन नम्बर जारी गरेको छ ।
पछिल्लो केही दिनयता निरन्तर वर्षा भइरहेका कारण उपमहानगरले सम्भावित क्षति न्यूनीकरणका लागि हटलाइन जारी गरेको हो ।
उपमहानगरपालिकाले नगरस्तरीय हटलाइनका रूपमा मेयर हेमकर्ण पौडेलको मोबाइल नम्बर ९८५२०४८६८८ र उपमेयर सङ्गीता चौधरीको मोबाइल नम्बर ९८५२०७४९९१ जारी गरेको छ ।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताको मोबाइल नम्बर ९८४२०५७५२६, स्वास्थ्य महाशाखाका दिनेश चौधरीको मोबाइल नम्बर ९८५२०२५९७६ र विपत् फोकल पर्सन पुष्पनारायण चौधरीको मोबाइल नम्बर ९८५२०४६५६२ पनि उपमहानगरपालिकाले जारी गरेको छ ।
बाढी, डुबान वा अन्य कुनै विपतमा परी सहायता आवश्यक परेका व्यक्तिले हटलाइन नम्बरमा सम्पर्क गरी उपमहानगरपालिकालाई सहायताका लागि अनुरोध गर्न सकिने उपमहानगरले जनाएको छ ।














Discussion about this post