धनकुटा : धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
धनकुटा नगरपालिका ९ छिम्सुवामा को ६ प २१४९ नम्बरको मोटरसाइकल रातीति मुलघाट–त्रिवेणी सडक खण्डमा दुर्घटना हुदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सहिदभूमि गाउँपालिका १ छिन्ताङका करिब ६० वर्षीय गोपाल भनिने नरबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
राईको उपचारका लागि जिल्ला अस्पताल धनकुटा लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
उक्त मोटरसाइकल पल्टिँदा चालक गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक छिन्ताङकै पूर्णबहादुर कटुवालकाृ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post