बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ स्थित बराहक्षेत्र मन्दिर नजिकको कोसी नदीको किनारमा बेवारिसे महिलाको शव फेला परेको छ ।
मन्दिर नजिकको रहेको घुमाउने दहको स्थित नदी किनारमा ३५ वर्षीया जस्तो देखिने महिलाको शव फेला परेको हो ।
शरीरमा लुगा नभएको अवस्थामा फेला परेको शवको यौनाङ्ग तथा हातखुट्टा औलाहरू सडेर झरिसकेको अवस्थामा उक्त शव असार ३० गते फेला परेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तले बताएका छन् ।
पहिचान नखुलेको उक्त शवलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको इन्सपेक्टर दत्तले जानकारी दिए ।
शवको पहिचान हुने क्रम रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post