झापा : झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट प्रहरीले अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा मोबाइलको बाहिर कवर ६८ थान र ईरफोन २ सय २५ पिस अन्दाजी मुल्य १ लाख ३ हजार रुपैया बराबरको सामान प्रहरीले बरामद गरेको हो ।
बरामद भएका सामानबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post