मोरङ : मोरङको बेलबारी नगरपालिकामा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका ११ गोविन्दपुरका अन्दाजी ५० वर्षीय धर्मराज थापा रहेका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६७१० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ११ सु.ह.नपा ११४३ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा सिटी सफारीचालक थापाको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।
उनलाई उपचारको लागि कोसी अस्पताल विराटनगर पुर्याउनेबित्तिकै चिकित्कसले मृत घोषणा गरेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, कोसी प्रदेशले जनाएको छ ।
ट्रक र चालक उर्लाबारी नगरपालिका ४ का ४६ वर्षीय सोमबहादुर घलानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post