इलाम : इलामको सूर्योदय नगरपालिका ४ को एक होटेलमा एकजना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार अन्दाजी ५० वर्षीय सञ्जु लोप्चन तामाङ सुतेकै अवस्थामा आज (आइतबार) बिहान साढे ५ बजे मृत फेला परेका हुन् ।
पशुपतिनगर प्रहरीले अन्तु घुम्न आएको हेटौँडा उपमहानगरपालिकाका कर्मचारीको टोलीमै रहेका सवारी चालक तामाङ राति ११ बजेतिर साथीहरूसँगै सुतेको र बिहान मृत भेटिएको जानकारी दिएको छ ।
तामाङको मृत्युबारे उनको परिवारलाई सूचना गरिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post