मोरङ : मोरङको धनपालथान गाउँपालिका ४ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बीआर ५० डी ८५४६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर शनिबार राति दुर्घटनामा परेको हो ।
अनियन्त्रित बनेको मोटरसाइकल सडक छेउको पीपलको रुखमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक धनपालथान २ का ३५ वर्षीय सीताराम मण्डलको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइपुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post