इटहरी : कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनलाई बुधबार साँझ प्रदेश प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।
यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो ।
मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन पनि लिएर थापा मुख्यमन्त्री भएका थिए ।
यसैबीच मुख्यमन्त्री थापाले माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र काँग्रेसका प्रदिपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका छन् ।
गौतमले आर्थिक मामिला तथा योजना, जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।












Discussion about this post