धरान : नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले नेपाली कांग्रेस २०८४ को चुनाव एक्लै लड्ने दाबी गरेका छ्न् ।
सुनसरीको निर्वाचन क्षेत्र १ स्थित धरानमा आयोजित कांग्रेसको विशेष आन्तरिक अभियानमा सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएका हुन् ।
उनले २०८४ को चुनावका लागि सबै तहमा एक्लै उठने बताए । शेर्पाले रास्वपातर्फ केन्द्रित हुँदै प्रचारमुखी भएर लाग्दैमा अब केही नहुने जिकिर समेत गरेका छन् ।
शेर्पाले रूपान्तरण र नेतृत्व परिवर्तनको प्रावधान पार्टी विधानले नै तय गरेकोले कसैले नारा बनाउन आवश्यक नरहेको बताए ।
उनले संगठन निर्माण र विस्तारमा लाग्दै समय सपेक्षा नीति, जनजिविकासँग जोडिएका एजेण्डाहरू सम्बोधन गर्दै पार्टीलाई थप जनमूखी बनाउन जरुरी रहेको कुरामा जोड दिए ।
उनले नीतिगत अस्पष्टतालाई मंसिरमा हुने महासमिति बैठकले प्रष्ट पार्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति केदार भण्डारी, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ लगायतले पार्टीको गतिविधिका बारेमा चर्चा गरेका थिए ।



















Discussion about this post