मोरङ : मोरङको उर्लाबारी नगरपालिका ३ सोल्टी पुल स्थितमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २४२३ नम्बरको बसमा सोही दिशातर्फ जाँदै गरेको को १३ प ६१३० नम्बरको मोटरसाइकल पछाडिबाट ठक्कर भएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापाको कमल गाउपालिका १ का ४३ बर्षीय गोपालप्रसाद पौडेलको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post