मोरङ : जबरजस्ती करणी मुद्दामा युवा संघ बेलबारीका अध्यक्ष काशी तामाङ पक्राउ परेका छन् ।
२१ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको कसुरमा मोरङको बेलबारी ८ राधा नगर घर भएका ३४ वर्षीय तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले ती किशोरीलाई बेलबारी १० मा रहेको पोल लाइट रेस्टुरेन्टमा असार २ गते जबरजस्ती करणी गरेको आरोप छ ।
पीडितले इलाका प्रहरी कार्यालय बेलबारीमा तामाङ विरुद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए ।
‘घटनाको विषयमा अहिले अनुसन्धान भइरहेको छ,’ डिएसपी दाहालले भने, ‘थप विषय अनुसन्धानपछि खुल्नेछ ।’
पक्राउ परेका तामाङविरुद्व इलाका प्रहरी कार्यालय बेलबारीले जिल्ला अदालत मोरङमा म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post