मोरङ : मोरङको सुनवर्षीमा डुबेर एक नाबालकको मृत्यु भएको छ ।
पानी जमेको खाल्डोमा डुबेर मंगलबार सुनवर्षी नगरपालिका ५ का मुकेशकुमार दासका ३ वर्षीय छोरा नीलकुमार दासको मृत्यु भएको हो ।
घरबाट नजिकै रहेको पानी जमेको खाल्डोमा डुबिरहेको अवस्था दिउँसो १२ बजेतिर नाबालकको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
खाल्डोमा डुबिरहेको अवस्था स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीको सहयोगमा उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो ।
अस्पताल ल्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ।
घटनाबारे थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।













Discussion about this post