Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्राज्ञिक ज्ञानसँगै विद्यार्थीको क्षमता प्रस्तुत गर्ने इटहरीको जनता क्याम्पस पूर्वकै उत्कृष्ट बन्दै

स्नातकमा भर्ना हुने विद्यार्थीको संख्या बढ्दो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ६, २०८०
in समाचार
0
कर्मचारी नियुक्तिको विषयलाई लिएर इटहरीको जनता क्याम्पसमा तालाबन्दी, प्रशासन भन्छ, ‘दोषारोपण गर्नुको औचित्य छैन’

तस्वीरमा जनता बहुमुखी क्याम्पस ।

265
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ५ मा रहेको जनता बहुमुखी क्याम्पस कोसी प्रदेशकै उत्कृष्ट बन्ने क्रममा छ ।

पूर्वकै सर्वोच्च र देशकै धेरै विद्यार्थी संख्या भएको भनेर चर्चामा आएको क्याम्पसमा अहिले स्नातकमा भर्ना हुनेको संख्या पनि बढ्दो रहेको छ ।

क्याम्पस प्रमुख प्रा.डा. गीता अधिकारीले भर्खरै कक्षा १२ को नतिजा सार्वजनिक भएकाले स्नातकमा भर्ना हुने विद्यार्थीहरूको संख्या बढ्दो रहेको बताइन् । उनकाअनुसार यस क्याम्पसमा कोशी प्रदेशका पहाडी जिल्लासहित मधेश प्रदेशका विद्यार्थीमसेत आकर्षित छन् ।

‘क्याम्पसले क्यूएए मान्यता प्राप्त गरेपछि हामीले क्याम्पस प्रशासनको सुधारमा पनि थप व्यवस्थित गरेका छौँ,’ उनले भनिन्, ‘विद्यार्थीको आकर्षण बढाउन गुणस्तरीय शिक्षासँगै अर्धशुल्कको व्यवस्था पनि गरेका छौँ ।’

उनले स्नातकमा बिबिएस, बिएड, बिए अन्तरगत विभिन्न विषय अध्यापन हुँदै आएको बताइन् । यस्तै, बिआइसिटीइका कक्षामा पनि विद्यार्थी आकर्षित भइरहेको अधिकारी बताउँछिन् ।

खासगरी बिए अन्तरगत सामाजिक कार्य, समाजशास्त्र, पत्रकारितालगायतका विषयमा विद्यार्थीहरू बढीजसो आकर्षित भएको उनको भनाइ छ ।

क्याम्पसमा हाल सात हजार बढी विद्यार्थी र ८२ जना प्राध्यापकहरू रहेको उनले बताइन् । विद्यार्थी संख्यालाई आधार मानेरपनि त्रिभुवन विश्वविद्यालयले उत्कृष्ट रहेको जनाउँदै आएको छ । यस वर्ष पहिलोपटक भदौ ८ गते प्रवेश परीक्षा रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

सहायक क्याम्पस प्रमुख प्रा.डा. टोलानाथ काफ्लेका अनुसार स्वतन्त्र शैक्षिक वातावरणसहित पर्याप्त खेलमैदान र खेलकुद सामाग्री उपलब्ध भएका कारण विद्यार्थीहरू आकर्षित बनेको बताए ।

‘स्वतन्त्र शैक्षिक वातावरणसहित विद्यार्थीले चाहेअनुरुपको खेल मैदान र खेलकुदका सामाग्री भएका कारण हामीकहाँ विद्यार्थीको आकर्षण छ,’ काफ्लेले भने, ‘सहुलियत दरमै खुल्ला वातावरणमा अध्ययन, अध्यापन हुने भएका कारण पनि विद्यार्थीहरूलाई जनता क्याम्पसमा अध्ययन गर्न रुचाएका छन् ।’

उनकाअनुसार पिएचडी र एमफिल गरिसकेका प्राध्यापकहरूबाट अध्यापन हुने र जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई विशेष छुटसहित सुविधा प्रदान गर्दै आएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पसका सभापति सहदेव काफ्लेले यहाँ प्राज्ञिक कुरासँगै, विद्यार्थीमा भएको प्रतिभालाई प्रष्फुटन गर्ने अवसर प्राप्त हुने बताए ।

‘व्यवहारिक कुरालाई पनि विद्यार्थी आफैँले सिक्ने अवसर यो क्याम्पसमा मात्रै छ,’ उनले भने, ‘विद्यार्थीले क्षमता प्रस्तुत गर्ने केन्द्रको रूपमा स्थापित यस क्याम्पसमा उच्च शिक्षासँगै देशको नेतृत्व गर्न सक्ने बनाउँछ ।’

उनले किताबी ज्ञानसँगै राजनीति, साहित्य, सांगीतिक र खेलकुद क्षेत्रमासमेत अब्बल बनाउन क्याम्पसले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

क्याम्पस व्यवस्थापन समितिका पदपूर्ति संयोजक भीम सुवेदी (सागर)ले नेपालमा समुदायबाट सञ्चालित सामुदायिक क्याम्पसमध्ये धेरै ठाउँ धरासयी बनिरहेको अवस्थामा जनता क्याम्पसमा भने मुख्यतः क्यूएए मान्यता प्राप्त भएकाले गुणस्तरीय भइरहेको बताए ।

‘यहाँबाट उत्पादित विद्यार्थीहरू बाहिर गएर स्वरोजगार बन्न सक्छन्,’ उनले भने, ‘यसले गर्दापनि विद्यार्थी आकर्षित छन् ।’

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विकास केसीले क्याम्पसबाट उच्च शिक्षा हाँसिल विद्यार्थीहरू देशका विभिन्न ठाउँमा र हरेक क्षेत्रमा प्रतिनिधित्व गरिरहेको बताए ।

‘विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा प्रभावशाली ढंगमा स्थापित भइरहेका कुरा विद्यमान छ,’ उनले भने, ‘यसै क्याम्पसबाट उत्पादन भएका मानिसहरू आज विभिन्न दलबाट केन्द्रियस्तरमै नेतृत्वसमेत गरिसकेका छन् ।’

उनले आफैँ पनि यही क्याम्पसको पूर्व विद्यार्थी भएको र आफ्नो व्यक्तित्व विकास गर्दै आज क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष भएको बताए ।

‘विद्यार्थीहरूले आँफू अध्ययनसँगै हरेक हिसाबमा नेतृत्व विकास गर्न सक्छन्,’ केसीले भने, ‘कोसी प्रदेशकै सबैभन्दा धेरै विद्यार्थी भएको क्याम्पसमा यो प्रदेशकै सबैभन्दा उत्कृष्ट नतिजा ल्याउनका निम्ति हामी लागिरहेका छौँ ।’

विद्यार्थीको संख्या बढाउने मात्रै नभई नतिजामा पनि उत्कृष्ट बनाउने कुरामा जोड दिइने उनको भनाइ छ ।

प्राध्यापक र कर्मचारीहरूलाई विभिन्न किसिमका थप सुविधा उपलब्ध गराउँदै विद्यार्थीहरूलाई सहुलियत रकममा गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेको उनले बताए । उनले यस वर्ष बिबिएसमा एक हजार बढी विद्यार्थी आउने दाबी गरे ।

खासगरी क्याम्पसमा नयाँ व्यवस्थापन समिति निर्वाचित भएर आइकन यहाँका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूमासमेत उर्जा थपिएको जानकारहरू बताउँछन् । क्याम्पसले सुनसरीको इनरुवा, रामधुनी, दुहबी, खनार, तरहरा तालतलैयादेखि मोरङको गोठगाउँसम्म बसको सुविधा दिदैँ आएको छ ।

जसकारण टाढादेखि पनि यहाँ अध्ययन गर्न आउने विद्यार्थीको संख्या थप बढ्ने अनुमान गरिएको छ । क्याम्पस व्यवस्थापन समितिका अनुसार हालसम्म पाँच सय बढीले स्नातक प्रथम वर्षको प्रवेश परीक्षाको फारम भरेका छन् ।

Tags: #विकास केसीगीता अधिकारीजनता बहुमुखी क्याम्पसशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1011 shares
    Share 404 Tweet 253
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.