Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इलाममा कर्मचारीबाटै स्वास्थ्य बिमा रकम हिनामिना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८०
in समाचार
0
इलाममा कर्मचारीबाटै स्वास्थ्य बिमा रकम हिनामिना
106
SHARES
Share on FacebookShare on Twitter

इलाम : इलाममा स्वास्थ्य बिमा गरेका बिमित स्वास्थ्य बिमा कार्यक्रमका दर्ता सहयोगीबाट ठगिएको खुलेको छ ।

इलामको सूर्योदय नगरपालिका–११ का स्थानीयको भदौ १ गतेबाट लागु हुनेगरी बुझाएको बिमा रकम सो वडामा कार्यरत दर्ता सहयोगी धनमाया आलेले गायब बनाएपछि बिमित ठगिएको खुलेको हो ।

सूर्योदय ११ का ३५० देखि ४०० परिवारले गत वैशाख–ज्येष्ठ महिनामा स्वास्थ्य बिमा नवीकरण गर्न बुझाएको रकम दर्ता सहयोगीले गायब पारेको थाहा पाएपछि अहिले स्थानीय हारगुहार गरिरहेका छन् ।

भदौ लागेपछि अस्पताल पुग्दा बिमा नवीकरण नभएको थाहा पाएपछि स्थानीयले स्वास्थ्य बिमा बोर्डको इलाममा रहेको जिल्ला कार्यालयमा बुझ्दा बिमा नवीकरण नभएको थाहा पाएको स्थानीय पीडित ऋषि भट्टराईले जानकारी दिनुभयो । नयाँ बिमा र नवीकरण गर्न भनी रकम सङ्कलन गरिएकामध्ये ४० को हाराहारीमा मात्र घरमुलीको नाम नवीकरण भएको छ ।

पीडितले रकम हिनामिना भएको थाहा पाएपछि वडा ११ कार्यालय, तीनघरे प्रहरी चौकीमा निवेदन समेत दिएका छन् । स्थानीयले भदौबाट बिमा कार्यक्रमको सुविधा पाउनु पर्ने र दर्ता सहयोगी आलेलाई कारबाही गर्न माग गरेका छन् ।

आलेले नवीकरणका लागि रसिद काट्दा कुनै पुरानो रसिद दिएको त कसैको रसिदमा गत वर्षको मिति उल्लेख गरेको पाइएको छ । पीडित ऋषि भट्टराईले स्वास्थ्यजस्तो संवेदनशील विषयमा यसरी खेलबाड गर्ने कर्मचारीलाई कारबाही हुनुपर्ने र आफूहरूको बिमा सुचारु हुनुपर्ने बताउनुभयो ।

स्वास्थ्य बिमा कार्यालय इलामका कार्यवाहक कार्यालय प्रमुख जानुका शर्माले उक्त वडामा कार्यरत दर्ता सहयोगी आलेले बिमितबाट नवीकरणका लागि सङ्कलन गरेको रकम र कागजात हालसम्म जिल्लामा नपठाएको बताउनुभयो ।

उहाँले दर्ता सहयोगीले लापरबाही गरेका कारण स्थानीय बिमा सुविधाबाट वञ्चित हुने अवस्थामा पुगेको जानकारी दिनुभयो । तीन हजार ५ सयका दरले स्थानीयबाट सङ्कलन गरिएको रकम आलेले गायब बनाएपछि समस्या भएको कार्यालयले जनाएको छ ।

उहाँले दर्ता सहयोगी आले अहिले स्वास्थ्य बिमा कार्यालय इलामस्थित कार्यालयमा सम्पर्कमा समेत नआएको बताउनुभयो । कार्यालय प्रमुख शर्माले भन्नुभयो, ‘रकम आयो भने पुरानो रसिद काटेर इन्ट्रि गराउनका लागि आइटीसँग कुरा भएको छ तर रकम आउने टुङ्गो भएन ।’ स्थानीय पीडितले भने दर्ता सहयोगीले रकम बुझ्दा दिएको रसिदको अर्धकट्टी सङ्कलन गर्न थालेका छन् ।

दर्ता सहयोगी आले सूर्योदय नगरपालिका–११ कै कर्मचारी भएको बुझिएको छ । सूर्योदय नगरपालिका –११ का वडाध्यक्ष सन्तोष राईले आले वडाकै कर्मचारी भएको जानकारी दिँदै वडाको सम्पर्कमा समेत नभएको जानकारी दिनुभयो ।

उहाँले आउने आइतबारसम्ममा बिलको अर्धकट्टी र रकम लिएर आउन आलेलाई निर्देशन दिएको बताउँदै सो समयमा सम्पर्कमा नआए कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने जानकारी दिनुभयो ।

पछिल्लो समय इलाममा बिमा कार्यक्रमको प्रभावकारिता समेत घट्दै गएको छ । बिमाको रकम हिनामिना गर्ने, समयमा नवीकरण नगरिदिने, स्वास्थ्य संस्थाले चाहेको अस्पतालमा जान रेफर नदिने पूर्जामा लेखिएको औषधि नपाइनेजस्ता समस्याले बिमा कार्यक्रम ओझेल पर्दैगएको पाइएको छ ।

गोरखापत्रबाट ।

Tags: #बिमाइलामहिनामिना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.